साबल सहकारी संस्था लिमिटेड

"सहकारीले एकताकाे भावना जगाउँछ । बचतले हामीलाई उद्यमी बनाउँछ ।"

साबल सहकारी संस्था लिमिटेडकाे बारेमा

छरिएर रहेका स–साना रकमलाई सहकारी सिद्धान्त अनुसार बचत गर्ने बानी बसाल्न उत्पे्ररित गरी त्यसरी संकलन भएको बचत रकमबाट सदस्यहरुलाई सिपमुलक आय आर्जन कार्यक्रम लगायत सिर्जनशील व्यवसाय संचालन गर्न उचित ऋण लगानी गरी सदस्यहरुको आर्थिक र सामाजिक अवस्थामा क्रमिक सुधार ल्याई आर्थिक क्षेत्रमा स्वावलम्बी बन्न सहयोग पुर्याउनका साथै देशको आर्थिक विकासमा समेत सहयोग पुर्याउन यस “साबल सहकारी संस्था लिमिटेड” को स्थापन मिति २०५६।१०।२४ मा भएको हो । हाल संस्थाले धुम्बाराही चोक, चक्रपथ, का.म.पा–०४ स्थित आफ्नो निजि भवनबाट सदस्यहरुलाई सेवा दिइरहेको छ ।